गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल म्युनिख एयरपोर्टलाई दिने तयारी – Janata Live
  • Tuesday, March 28, 2023

गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल म्युनिख एयरपोर्टलाई दिने तयारी

  • जनता लाइभ
  • असोज ०८, २०७६

गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल म्युनिख एयरपोर्टलाई दिने तयारी

सरकारले गौतमबुद्ध अन्नर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ ।

जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरीरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।

जर्मन सरकारको स्वामित्वमा उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो ।

म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...