बालबालिकाप्रति नगर्नुस् यस्ता गल्ती – Janata Live
  • Monday, March 20, 2023

बालबालिकाप्रति नगर्नुस् यस्ता गल्ती

  • जनता लाइभ
  • असोज ०८, २०७६

बालबालिकाप्रति नगर्नुस् यस्ता गल्ती

तपाईं आफ्ना बालबालिकालाई परनिर्भर त बनाइराख्नुभएको छैनरु छ भने उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्दा राम्रो हुन्छ।

बालबालिकालाई हरेक काममा सहयोग गर्नुभन्दा उनीहरूलाई नै काम गर्न प्रेरित गर्नुपर्छ । बालविशेषज्ञ डा. प्रज्ञा प्रधान भन्छन्, “कुनै पनि काम गर्दा गल्ती भयो भने अरूको तुलना गर्नु हुँदैन, बरु उनीहरूलाई विस्तारै काम गर्न प्रेरित गर्नुपर्छ।”

“हामीलाई लाग्छ, हाम्रा छोराछोरीले केही गर्न जान्दैनन्, त्यही कारण आफैँ गरिदिन्छौँ तर हामीले यसरी उनीहरूको काम गरिदिँदा वा सबै कुरामा सहयोग गर्दा उनीहरू परनिर्भर हुन्छन्,” पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य बताउछन्।

परनिर्भरताले बालबालिकाको व्यक्तित्व विकास हुन नसक्ने उनको धारणा छ ।

बालमनोविज्ञान विश्लेषण गर्दै उनी भन्छन्, “बालबालिकाको काम उनीहरूलाई नै गर्न दिनु राम्रो हो । यद्यपि तपाईंले आदेश दिए जसरी काम अह्राउनेभन्दा पनि प्रेरित गर्ने हो । बच्चाहरूलाई विद्यालयबाट फर्केपछि जुत्तारमोजा सही ठाउँमा राख्न सिकाउने, झोला तथा लुगाहरू मिलाउन लगाउने र नास्ता उनीहरूलाई आफैँ खान दिनुपर्छ।”

“हामी सबै काम आफैँ गर्छौं, जसले उनीहरूको मस्तिष्कमा सिक्ने चाहना हुँदैन, यो मेरो बुवाआमाले गरिदिनुहुन्छ जस्तो भावना हुन्छ, त्यसैले आफ्ना काम आफैँ गर्न सिकाउनुपर्छ,” डा. शाक्य भन्छन्।

शाक्यका अनुसार बालबालिकालाई काममा सहयोग गर्ने हो तर आफैँ गरिदिने होइन। यो खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन्।

बालशिक्षाका विशेषज्ञ कुमुद भट्टका अनुसार बच्चाले राम्ररी खान सक्दैन, यताउता छरिदिन्छ भनेर आफैँ खुवाउनुहुन्छ भने त्यो गलत हो । बच्चाको उमेर बढ्दै गएपछि आफैँ खान सिक्छन् तर उसलाई सिक्ने अवसर नै हामीले दिँदैनौंँ ।

हिजोआज प्रायः सबैको एक वा दुई बच्चा हुन्छन्, उनीहरूलाई केही काम गर्न लगाउँदैनौँ, तर यसको असर आफ्नो बालबालिकामा पर्ने हामी बिर्सिन्छौँ ।

“बालबालिकाले खाने अभ्यास गर्न पाएकै छैन भने कसरी अभ्यस्त हुन्छन्,” उनले भने, “वास्तवमा हामी आफ्ना छोराछोरीलाई सिक्न छाड्दैनौँ । आफैँ गरिदिन्छौँ । उनीहरूको लुगा, जुत्ता, किताब–कपी हामी आफैँ मिलाइदिन्छौँ । उनीहरूले खेलेर छाडेको खेल्ने कुरा हामी आफैँ मिलाइदिन्छौँ । त्यो काम गर्न उनीहरूलाई नै दिऔँ।”

बच्चाले पुस्तक मिलाएर झोलामा राख्न जानेनन् भने हामी आफैँले पुस्तक राखिदिने होइन, बरु कसरी राख्ने भन्ने कुरा उनीहरूलाई सिकाउनुपर्छ, कसरी पुस्तक राख्दा च्यातिन्छ वा खुम्चिन्छ भन्ने कुरा बुझाउनुपर्ने भट्ट बताउँछन् ।

बच्चाहरूले राखेको, मिलाएको चित्त नबुझे पनि यस्तो अवस्थामा काम सिकाउनुपर्छ, जसले गर्दा उनीहरूको मस्तिष्कले काम गर्न सहज हुन्छ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...