शिक्षक सेवा आयोगलाई परीक्षा लिन बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले विषयगत रूपमा लाइसेन्सको परीक्षा व्यवस्थाको माग गरी दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
माध्यमिक तहको विज्ञापन नम्बर ३५–०७६ खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकका लागि विषयगत लाइसेन्सको परीक्षाको व्यवस्था गर्न माग गर्दै दायर भएको रिट सर्वोच्चका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन नमानेको हो ।
सर्वोच्चले यो आदेशसँगै अब शिक्षक सेवा आयोगलाई परीक्षा लिने बाटो खुलेको हो । आयोगले गत २ असारमा अनलाइनमार्फत दरखास्त आह्वानसमेत गरेको थियो । २३ साउनमा परीक्षा तालिका नै प्रकाशित गरेको थियो ।
मुद्दाको किनारा नलागेसम्म, ‘परीक्षा लिने र नतिजा प्रकाशनलगायतको काम–कारबाही’ रोक्न माग गरी गत २८ साउनमा माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेश हमालसमेत ६ जना शिक्षकले रिट दायर गरेका थिए ।
निवेदकले ‘परीक्षा लिने र नतिजा प्रकाशित गरे अपूरणीय क्षति हुने’ भन्दै अन्तिम टुंगो नलागेसम्म परीक्षालगायतका काम कारबाही रोक्न रिटमार्फत अन्तरिम आदेश समेत मागेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।