प्रधानमन्त्रीले भने – अरु श’क्तिराष्ट्रले थि’चोमिचो गरे, चीनले त्यो बाटो रोजेन – Janata Live
  • Monday, March 20, 2023

प्रधानमन्त्रीले भने – अरु श’क्तिराष्ट्रले थि’चोमिचो गरे, चीनले त्यो बाटो रोजेन

  • जनता लाइभ
  • असोज ०७, २०७६

प्रधानमन्त्रीले भने – अरु श’क्तिराष्ट्रले थि’चोमिचो गरे, चीनले त्यो बाटो रोजेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध विशेष रहेको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको ‘विचारधा रात्मक छलफल कार्यक्रम’ मा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल-चीन सम्बन्धले यहाँको विकास र समृद्धिमा सहयोग पुग्ने बताए।

नेपाल(चीन बीच ‘समस्यारहित सम्बन्ध’ भएको बताउँदै उनले यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताए। ‘नेपाल(चीन मित्रता खुल्ला, स्वतन्त्र र अटल छ’ नेकपा अध्यक्षसमेत रहेका उनले भने, ‘हाम्रो मित्रता शर्तहरूभन्दा माथि छ, र सम्बन्ध समस्या रहित छ।’ प्रधानमन्त्री ओलीले चीनले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिले विश्व समुदायलाई पाठ सिकाएको बताए।

केही मुलुकहरूले शक्तिमा आउनेबित्तिकै साना मुलुक माथि थिचोमिचो गर्ने प्रसंग निकाल्दै ओलीले चीनले भने शक्ति आर्जन गर्दा पनि त्यो गलत बाटो नअँगालेको बताए। यसबाट चीनले विश्वमा न्यायोचित व्यवस्था खोजेको पुष्टि भएको ओलीको भनाइ थियो । उनले चीनको वा अन्य कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताए।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको विचार धारात्मक छलफलले नेपालको समृद्धिको सपनाको परिणाम आउने ओलीको विश्वास थियो । उनले यो छलफल कार्यक्रमले एक(अर्काले अपनाएको प्रणाली, अभ्यास, विचार र सिद्धान्तबारे बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले नेपाल चीनसँग विकासमा सहकार्य गर्न सक्छ भन्‍ने हाम्रो विश्वास रहेको बताए। यो छलफल कार्यक्रम दुई दिनसम्म चल्ने बताइएको छ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...