तामाकोशी जलविद्युत्ः सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल

काठमाडौं । तामाकोशी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बितेपनि सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल देखिएको छ ।
सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९.८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले यो आयोजना ४९ प्रतिशत सर्वसाधारणको सेयर सुनिश्चित गरेर निर्माण गर्ने बताउँदै आएको छ ।
प्राधिकरणले स्वदेशी वित्तीय संस्था र अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋण रहने वित्तीय व्यवस्थापनमा निर्माण अघि बढाइने जनाएको छ ।
यो समाचार नागरिक दैनिकमा छापिएको छ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...