रेशम चौधरी छुट्न सक्ने, प्रचण्डले गरे यस्तो खुलासा

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरी छुट्न सक्ने संकेत गरेका छन्।
थारू कल्याणकारिणी समाजले सुनसरीको झुम्कामा आइतबार आयोजना गरेको जितिया पर्वमा दाहालले टीकापुरलगायत स्थानका ‘झुटा मुद्दा’ खारेज गर्नेबारे बालुवाटारमा सैद्धान्तिक सहमति भएको र चाँडै प्रक्रियामा जाने खुलासा गरे।
‘टीकापुर घटनाबारे बालुवाटारमा भर्खरै छलफल गरेका छौं,’ उनले भने, ‘सबै झुटा मुद्दा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजी प्रक्रिया अगाडि बढाइएको छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।
टीकापुर घटनाका मुख्य दोषी मानिएका चौधरीसमेत छुट्न सक्ने संकेत गर्दै भने, ‘चुनाव जितेका माननीयलाई स–सम्मान जनतामाझ ल्याउने वातावरण बन्छ भन्ने विश्वास छ।’
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...