जन्मिएपछि कसै न कसैको साथ पाइन्छ यो धर्तीमा कोही अनाथ हुँदैन: रमेश प्रसाई [सक्दो सेयर गर्नुहोला]
![जन्मिएपछि कसै न कसैको साथ पाइन्छ यो धर्तीमा कोही अनाथ हुँदैन: रमेश प्रसाई [सक्दो सेयर गर्नुहोला] जन्मिएपछि कसै न कसैको साथ पाइन्छ यो धर्तीमा कोही अनाथ हुँदैन: रमेश प्रसाई [सक्दो सेयर गर्नुहोला]](https://janatalive.com/wp-content/uploads/2019/09/Ramesh-prasai.png)
इलाम । अनाथहरुको भविष्य अन्धकारसँग नै जोडिएको हुन्छ । तर सबै अनाथहरु पनि अभागी हुँदैनन् । उनीहरुको सुनौलो भविष्यका लागि सहयोगी हातहरु अघि बढिरहेकै हुन्छन । पूर्वी नेपालको इलाममा पनि यस्तै पवित्र सोंच राखेर एउटा अनाथलय खोलियो । दुई बालबालिकाबाट सुरु भएको अनाथलयमा अहिले १५ बालबालिका पुगिसकेका छन् ।
तर बालबालिकाको बढ्दो संख्यासंगै उनीहरुलाई बिभिन्न अभावहरु देखिन थाले । चन्द्र हाङ्गखिम राईको संयोजकत्वमा बिनय तिम्सीना, नरेश श्रेष्ठ, महेश श्रेष्ठ र वुद्धमाया सोङमीको सदस्यतामा रहेको राहसल स्रोत व्यवस्थापन अभियान समितिले ४२ लाखको लागतमा निर्माण गरेको भवन शनिबार हस्तान्तरण गरिएको छ । २०७५ साल फागुनमा निमार्ण शुरुगरेको भवन शनिबार हस्तातरण गरिएको हो ।
भवन हस्तान्तरण कार्यक्रममा पव्लिक स्पीकर रमेश प्रसाई र सामाजिक अभियानता रञ्जीता गुरुङ अतिथि रहेका थिए । हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै रमेश प्रसाईले भने ‘यो पुण्यकाममा मलाई बोलाईएकोमा ज्यादै खुसी लागेको छ अन्यत्र अभियान चलाउन पैसा उठाउनको लागि हामीलाई वोलाईन्छ तर यहाँ त भवन निर्माण भई सकेपछि बोलाईएकोमा ज्यादै खुसी लागेको छ । उनले अगाडि भने ‘यहाँ जन्मिए पछि कोही पनि अनाथ हुँदैन कसैको कोही न कोहि अभिभावक हुन्छ नै त्यसैले यो अनाथ भन्ने शव्द शव्दकोषबाटै हटाईदिए राम्रो हुन्थ्यो ।’
कार्यक्रममा अर्का अतिथि रञ्जीता गुरुङले यस्तो महान काम गर्ने सवै सहयोगीहरु प्रति आभार प्रकटगर्दै बाल गृहको सञ्चालनमा कुनै कमी कमजोरी नहुने विश्वास व्यक्त गर्नुभयो । चन्द्र हाङ्गखिम राईको अध्यक्ष्यतामा भएको कार्यक्रमा अभियानमा सहयोगी दाताहरुलाई सम्मान पत्र दिएको थियो ।
देश विदेशमा रहेका सहयोगीमनबाट सहयोग संकलन गरेर सो भवन निर्माण भएको संयोजक राईले वताएका छन् । साथै सहयोग समितिले अहिले आफुहरुसँग ३३ लाख मात्र रकम संकलन भएको र अन्य ३ लाख रकम दाताहरुले दिने भनेर प्रतिबद्धता जनाएको जानकारी दिएको थियो । हाम्रो अभियानबाट