बढ्यो सुनको भाउ, हेर्नुहोस्

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार पनि सुनको मूल्य बढेको छ।
आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ३ सयले महंगिएको हो। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...