सुन सस्तो हुने सम्भावना

काठमाडौं । भारत सरकारले संस्थागत आय कर (कर्पोरेट ट्याक्स) मा भारी कटौती गरेपछि नेपाली बजारमा पनि अमेरिकी मुद्रा र सुनको भाउ सस्तिने सम्भावना बलियो भएको छ।
भारतीय रुपैयाँ (भारु) सँगको स्थिर विनिमय दरका कारण भारु महँगिदा नेपाली मुद्रा पनि महँगिन्छ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शुक्रबार संस्थागत आयकरको दर १० प्रतिशत बिन्दुसम्म घटाउने घोषणा गरिन्। ६ वर्षयताकै कमजोर आर्थिक वृद्धिको अवस्थाबाट माथि उठ्न भन्दै भारत सरकारले यस्तो राहत प्याकेज ल्याएको हो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...