पेट्रोल-डिजलको भाउ भारतमा बढ्यो

काठमाडौं । केही दिन अघि साउदी अरबमा विश्वकै ठूलो तेल प्रसोधन केन्द्रमा ड्रोन हमला भएपछि कच्चा तेलको विषयलाई लिएर विश्वभर चिन्तित बनेको छ। यसै बीच भारतमा पेट्रोल र डिजलको भाउ बढेको छ।
शनिबार दिल्ली र मुंबईमा पेट्रोको मूल्य प्रतिलिटर २९ पैसा, कोलकतामा २८ पैसा र चेन्नईमा ३० पैसाले बढेको छ। त्यस्तै डिजलको मूल्य दिल्ली र कोलकत्तामा २४ पैसा, मुंबईमा २५ र चेन्नईमा २६ पैसाले बढेको छ।
५ दिनमा १ रुपैयाँ ३२ पैसा महंगो भयो पेट्रोल
लगातार बढेका कारण ५ दिनभित्र दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ३२ पैसाले बढेको छ। त्यस्तै डिजल प्रतिलिटर १ रुपैयाँ १० पैसाले बढेको छ। इण्डियन आयल वेबसाइटका अनुसार दिल्ली, कोलकता, मुंबई र चेन्नईमा पेट्रोलको मूल्य बढेर क्रमश ७३ रुपैयाँ ३४ पैसा, ७६ रुपैयाँ ५ पैसा, ७९ रुपैयाँ २ पैसा र ७६ रुपैयाँ २६ रुपैयाँ भएको छ।
त्यस्तै तिनै स्थानमा क्रमशः डिजलको भाउ प्रतिलिटर ६६ रुपैयाँ ५३ पैसा, ६८ रुपैयाँ ९४ पैसा, ६९ रुपैयाँ ७९ पैसा र ७० रुपैयाँ ३३ पैसा पुगेको छ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...