दशैंमा सिङमा हरियो लगाएको खसी किन्नुस् है !

काठमाडौं । दशैं त आउनै लाग्यो, कस्तो खसी–बोका किन्दै हुनुहुन्छ ? सिङमा रातो लगाएको कि हरियो लगाएको ? किन्ने नै भए सिङमा हरियो लगाएको किन्नुस् है।
किनकि काठमाडौं महानगरपालिका (कामपा) ले यस्तै खसी–बोका किन्न आग्रह गरेको छ। चाडबाडको मुखमा बिरामी खसी–बोका बिक्री हुन सक्ने आशंका गर्दै कामपाले यसको परीक्षण शुरू गर्ने योजना बनाएकाले सिङमा हरियो लगाएको खसी–बोका स्वस्थ हुने हुँदा यस्तै किन्न अनुरोध गरेको हो।
कामपा कृषि विभाग प्रमुख हरि भण्डारीका अनुसार कृषि मन्त्रालय, पशु चिकित्सक, महानगरपालिका प्रहरी, नेपाल प्रहरीसहितका सरोकारवाला निकायको सहयोगमा घटस्थापनादेखि नवमीसम्म टुकुचा, कलंकी, तीनकुने, बालाजुलगायतका बिक्रीस्थलमा परीक्षण गरिनेछ।
‘स्वास्थ्य परीक्षण गरेपछि स्वस्थ खसी–बोकाको सिङमा हरियो र बिरामीको भने।
भण्डारीले खसी–बोका व्यवस्थापन समिति, व्यापारी र सरोकारवालासँग छलफल गरी व्यापारलाई व्यवस्थित गर्ने तयारी गरिएको जानकारी दिँदै भने– ‘बिक्रीस्थलमा अस्वस्थ देखिएको खसी–बोकालाई तत्काल प्राथमिक उपचार गरिनेछ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।