दसैंका लागि असोज १० देखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँबाट साट्न पाइन्छ ? (सूचीसहित)

काठमाडौं । यसवर्षको दसैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् ।
यस पटक एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने छन्। नयाँ नोट ५, १०, २०, ५० र १ सय र ५ सयका नयाँ नोट सर्वसाधारणले पाउने छन् । थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ ।
यसअघि गत वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिएको थियो ।
कहाँ-कहाँबाट नयाँ नोट साट्ना पाइन्छ ?
राष्ट्र बैंकका अनुसार उपत्यकामा २३ ठाउँबाट नयाँ नोट साट्न सकिने छ । नेपाल बैंकका सात वटा शाखाहरू, राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयसहित १० वटा शाखाहरू, कृषि बैंकका छ वटा शाखाहरूबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल बैंकका शाखा कार्यालयहरू न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिमम्पाट र भक्तपुरबाट नयाँ नोट साट्ने सकिने छ ।
राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू- सिंहदरबारप्लाजा केन्द्रीय कार्यालय, सिंहदरबार परिसर, टेकु, नयाँबाजेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखाबाट नयाँ नोट साट्ना सकिने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै कृषि बैंकका शाखाहरू- गौशला, गठ्ठघर, रमशहपथ, रत्नपार्क,थानकोट र पुलचोकबाट दसैंको लागि नयाँ नोट साट्न सकिने छ ।
उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ। साथै नोटमा केरमेट तथा रङ लगाउने कार्य नगर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।