लोकसेवा आयोगले ठूलो संख्यामा विज्ञापन खुलाउने – Janata Live
  • Tuesday, March 28, 2023

लोकसेवा आयोगले ठूलो संख्यामा विज्ञापन खुलाउने

  • जनता लाइभ
  • असोज ०२, २०७६

लोकसेवा आयोगले ठूलो संख्यामा विज्ञापन खुलाउने

काठमाडौं । लोकसेवा आयोगले प्रशासन सेवातर्फ ७० सहसचिव र १ सय ५६ उपसचिवको पदपूर्ति प्रक्रिया थाल्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबार प्रशासनतर्फका सहसचिव र उपसचिवको विज्ञापन आह्वान गर्ने निर्णय गरेको हो ।

आयोगले सहसचिवको परीक्षा मंसिरको अन्तिम साताबाट सुरु भएर पुस अन्तिम सातासम्म सम्पन्न हुनेगरी कार्यतालिका बनाएको छ । त्यस्तै, उपसचिवतर्फको पुस अन्तिम सातादेखि सुरु भएर माघ अन्तिम सातामा सम्पन्न हुन कार्यतालिकामा उल्लेख छ ।

सहसचिव र उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएसँगै शाखा अधिकृत पदको विज्ञापन गरिने लोकसेवा आयोगले जनाएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...