नोट हाम्रो, हात्ती अफ्रिकाको ?!

काठमाडौं । हजारको नोट अर्थात सजिलो भाषामा ‘हात्ती’। तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ, के यो नेपाली नै हो त? भनेर । तर प्रमाण दिने कोही निस्किएको छैन।
बरु होइन भन्ने आधार देखाउने धेरै छन। विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेर हात्ती नै फेरिदिने। अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन्।
त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ। ती हात्ती चितवन राष्ट्रिय निकुन्जको खोरसो हात्तीसारमा ८ वर्षअघि जन्मिएका हुन्। अहिले नोटमा छापिएको हात्तीलाई भने केही व्यक्तिले अफ्रिकी भनेका छन्।
हात्तीकै विषयमा विद्यावारिधी गरेका नरेन्द्र प्रधान भने यसलाई एसियाली ठान्छन्। यही विवाद सल्टाउन हात्ती नै फेर्न लागिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।