भारतसँग सबै जिल्ला जोडिएको प्रदेश–२ मा नागरिकता विधेयकप्रति बढी चासो – Janata Live
  • Sunday, April 2, 2023

भारतसँग सबै जिल्ला जोडिएको प्रदेश–२ मा नागरिकता विधेयकप्रति बढी चासो

  • जनता लाइभ
  • असोज ०२, २०७६

भारतसँग सबै जिल्ला जोडिएको प्रदेश–२ मा नागरिकता विधेयकप्रति बढी चासो

काठमाडौं । नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारुढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरुबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा यो झनै चासोको विषय बनेछ ।

प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवारी हुने चलन नौलो होइन तर पछिल्ला वर्षमा भारतीय बुहारी भित्रिने संख्य निकै बढेको छ । प्रदेश २ मा भारतबाट विवाह गरेर आउने संख्या रहेक वर्ष ५ हजारभन्दा बढी रहेको अनुमानित तथ्याङ्क छ ।

नेपाली चेलीको भारततर्फ बिहेवारी भने नगण्य छ । वैवाहिक अंगीकृत नागरिकता लिन अहिलेकै प्रावधानअनुसार पनि आधा दर्जनभन्दा बढी प्रमाण बुझाउनु पर्छ ।

यसका लागि ७ नं अनुसूची फारम, वडाको सिफारिस, पतिको नेपाली नागरिकता, जन्ममिति खुलेको कागजात, बुबा आमाको परिचयपत्र, विदेशी नागरिकता परित्याग लागि गरेको कारबाहीको रसिद र विदेशी नागरिकता त्याग गरेको सपथपत्र अनिवार्य छ ।

तैपनि यस्तो नागरिकता लिनेको संख्या बर्षेनी दोब्बरभन्दा बढी हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाबाट वैवाहिक अंगीकृत नागरिकता लिने महिलाको संख्या ५ वर्षयता तीन गुणाले बढेको छ । ०७१ मा धनुषाबाट २८८ महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका थिए । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

Loading...
Loading...
Loading...