यी चार राशिः जसले निकै धन कमाउँनेछन्, कतै तपाइँको पर्यो की ? – Janata Live
  • Monday, March 20, 2023

यी चार राशिः जसले निकै धन कमाउँनेछन्, कतै तपाइँको पर्यो की ?

  • जनता लाइभ
  • असोज ०१, २०७६

यी चार राशिः जसले निकै धन कमाउँनेछन्, कतै तपाइँको पर्यो की ?

धर्मशास्त्र अनुसार राशि अनुसारको फल प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छः-

वृष राशी

वृष धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ ।

वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् । वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् ।

वृश्चिक राशी

वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन् । वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन् । जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ ।

कर्कट राशी

कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन् । बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन् । परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन् । यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन् ।

सिंह राशी

सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् ।नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन् । महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन् । यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि ।

हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवानको कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दु:ख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ। जानिराखौँ ती कामस्पुजा पाठ जुन घरमा पूजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दु:ख पीडा नहुने विश्वास रहेको छ।

पूजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ। तुलसी तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ।

जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ। गोबर गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ। मन्दिर पश्चिम दिशा तर्फ मुख फर्काएर पूजा गर्नु अत्यन्तै शुभ मानिन्छ।

त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेशद्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...