चलचित्र शिवमको टेलर सार्वजनिक, फुलपातीको अघिल्लो दिन प्रदर्शन हुने – Janata Live
  • Wednesday, March 22, 2023

चलचित्र शिवमको टेलर सार्वजनिक, फुलपातीको अघिल्लो दिन प्रदर्शन हुने

  • जनता लाइभ
  • असोज ०१, २०७६

चलचित्र शिवमको टेलर सार्वजनिक, फुलपातीको अघिल्लो दिन प्रदर्शन हुने

काठमाडौं । चलचित्र शिवमको टेलर सार्वजनिक भएको छ । लव तथा एक्सन जनरामा निर्माण भएको उक्त चलचित्र सोहम भेटवालले निर्माण गरेका हुन् ।

चलचित्रमा नेपाली समाजमा धनी बाउकी छोरीसँगको प्रेमलाई चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा सोहम भेटवालले डेब्यु गरेका छन् । कथाको मुख्य पात्रका रुपमा देखिएका सोहम पहिलो पटक पर्दामा देखा पर्दै छन् । युवा पुस्ताहरुको प्रेमलाई मुख्य कथा बनाइएको छ ।

चलचित्रमा विशेषत सामाजिक विषयबस्तुलाई उठान गरिएको चलचित्रकी निर्माता कल्पना खरेल बताउँछिन् ।

चलचित्र दसैंको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । अशोज १७ गते शो चलचित्र अल नेपाल रिलिज हुने भएको चलचित्रका वितरक सरोज शर्माले बताए ।

उक्त चलचित्रमा श्रीकृष्ण बम मल्ल र रोशन गजमेरको संगीत रहेको छ । रामेश्वर हुमागाईको छायाँकन तथा राजु गिरीको निर्देशन रहेको चलचित्र शिवममा जीवन ज्ञवाली र सिर्जना बरालको कोरियोग्राफी रहेको छ ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...