संविधान दिवस विशेष समारोह भव्य बनाउन २० बुँदे निर्देशन – Janata Live
  • Tuesday, March 28, 2023

संविधान दिवस विशेष समारोह भव्य बनाउन २० बुँदे निर्देशन

  • जनता लाइभ
  • असोज ०१, २०७६

संविधान दिवस विशेष समारोह भव्य बनाउन २० बुँदे निर्देशन

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले सैनिक मञ्च, टुँडिखेलमा असोज ३ गते आयोजना हुने विशेष समारोह भव्य र व्यवस्थित बनाउन २० बुँदे निर्देशन दिएको छ ।

समारोहमा उपस्थित हुनुहुने अति विशिष्ट तथा आमन्त्रित पाहुनाका लागि त्रुटिरहित सुरक्षाको व्यवस्था मिलाउन सबै सुरक्षा निकायलाई सचेत गराइएको छ ।

प्रधानमन्त्री एवं मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यसअघि बसेको बैठकले स्वीकृत गरेका कार्यक्रमलाई थप प्रभावकारी बनाउने क्रममा सचिवालयले यस्तो निर्देशन जारी गरेको हो ।

ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुन लागेको समारोह भव्य र व्यापक रूपमा मनाउन सक्रियतापूर्वक क्रियाशील हुन् सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग, कार्यालय वा निकायलाई पत्राचार गरिएको छ ।

गृह मन्त्रालयका सचिव तथा मूल समारोह समितिका सदस्यसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको समीक्षात्मक बैठकपछि खुला मञ्च टुँडिखेलको दक्षिण खुला परिसरमा १० हजार कुर्सी राख्न निर्देशन दिइएको छ ।

काठमाडौँ महानगरपालिकाले पाँच हजार कुर्सीको व्यवस्था गरेकोमा थप पाँच हजार कुर्सी थपेर १० हजार कुर्सी राख्न निर्देशन दिइएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...