‘श्रीमान र सासुससुरा मिलेर बुहारीलाई ज लाएर मा रे’

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका-६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै ज लेर मृ त्यु भएको छ। माइती पक्षले जलाएर उनको ह त्या गरिएको आरोप लगाएका छन्।
२२ बर्षिया शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ, ससुरा भिखी नाउ र सासु बासमतीले जलाएर मा रेको मृ तकका बुवा बिष्णु नाउले बताए । सोमवार राति ११ बजेतिर शीला आफ्नो कोठामा ज लेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।
कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरका विष्णुले घाटी च्यापेर छोरीको ह त्या गरेपछि तीनै जनाले मिलेर शरीरमा मट्टितेल छर्केर जलाएकोे आ रोप लगाए। ‘छोरी र ज्वाइँबीच झगडा भइरहन्थ्यो, मलाई खबर पनि आउँथ्यो । तर त्यत्रो घटना हुँदा पनि मलाई कसैले जानकारी गराएन’, उनले भने । यो खबर नागरिक दैनिकमा छ ।