गायक राजेश पायल राईको घरमा आगलागि, महत्वपूर्ण अवार्ड तथा प्रमाणपत्र नष्ट

काठमाडौं । गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । सोमबार साँझ बानेश्वरस्थित उनको घरमा आगलागी भएको हो।
आगलागीबाट कुनै मानवीय क्षति नभएको भएपनि उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएको बताइएको छ। यतिबेला राई साङ्गीतिक कार्यक्रमका लागि जिल्ला बाहिर छन्।
गायक राईले फेसबुकमा स्टाटस लेख्दै घरमा आगलागी भएको जानकारी दिएका हुन्। साथै उनले दर्शन स्रोताको मायाले गर्दा घर जल्दा पनि आफूलाई पीडा नभएको प्रतिक्रिया दिएका छन्।
उनले फेसबुक स्टाट्समा लेखेका छन्, ‘म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन। मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन, अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस्, म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे।’ आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको बताइएको छ।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...