उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृ त्यु – Janata Live
  • Monday, March 20, 2023

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृ त्यु

  • जनता लाइभ
  • भदौ ३१, २०७६

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृ त्यु

मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृ त्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।

२ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकालेबापत् ८ हजार रुपैयाँ पनि असुलेका थिए ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै ज टिल भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । तर, काठमाडौँ नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो ।

लामावि रुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । हाल उनी फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...