उच्च शिक्षामा विदेश मोह, ९ वर्षमा ३ लाख बाहिरिए

पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन् । यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ ।
२०६७/६८ मा ११ हजार ९ सय ८२ जना र २०६८/६९ मा १० हजार ३ सय २४ जनाले अनुमति लिएका छन् । विदेशमा अध्ययनका लागि जानुअघि शिक्षा मन्त्रालयमार्फत नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लिनुपर्ने प्रावधान छ ।
यस्तै, २०६९/७० मा १६ हजार ५ सय ४, २०७०/७१ मा २८ हजार १ सय २६ र २०७१/७२ मा ३० हजार ६ सय ९६ जनाले अनुमति लिएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले बताए ।
तर, सरकारले ती विद्यार्थीको अवस्थाबारे तथ्यांक राख्न सकेको छैन । जसकारण, विदेशमा नेपाली विद्यार्थीको अवस्थाबारे सरकारलाई जानकारी छैन ।
दैनिक १६४ जना विद्यार्थी पलायनत्र सरकार भन्छ : जनशक्ति प्रक्षेपण प्रतिवेदनले समस्याको हल निस्कन्छ
यसैगरी, २०७२/७३ मा ३२ हजार ४ सय ८९, २०७३र७४ मा ५० हजार ६ सय ५९ जना, २०७४/७५ मा ५८ हजार ७ सय ५८ र २०७५/७६ मा ६३ हजार २ सय ५९ जना विद्यार्थी बिदेसिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
अध्ययनका लागि नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका ६० वटा देशमा जाने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार ३ लाख ६१ हजार ४ सय ५५ जना विद्यार्थीले नेपालमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।