कर्म र कर्मफल

नमो तस्स भगवतो अर्हतो सम्मा सम्बुद्धस्स ।
नमस्कार वहाँ भगवान अर्हन्त सम्यक सम्बुद्धलाई ।
कर्म र कर्मफल ।
एक समय भगवान बुद्ध श्रावस्तीको जेतवनाराममा बिहार गरिरहनु भएको बेला तथागतको दर्सानार्थ टाढा-टाढाबाट भिक्षुहरु आईरहेको थिए । ती भिक्षुहरु मध्ये एक समुह भिक्षुहरु एउटा गाउँमा भिक्षाटनको लागि गए । गाउँलेहरुद्वारा ती भिक्षुहरुको लागि जलपानको ब्याबस्था गरिसके पछी भोजनको आबस्यक ब्याबस्था नभएसम्म धर्म श्रवण गरिरहे । त्यसैबेला एउटा घरमा एउटि महिलाले आफ्नो बाल-बच्चालाई खाना पकाई खुवाउनको लागि आगो बाली कराहिमा तेल तताई तरकारी खन्याउन लाग्दा आकस्मात तेल आगोमा परि बलेर छानामा छुन पुग्यो । छाना ह्वार्र हवर्रती बलेर एकमुठ्ठा जत्ती दनकी रहेको पराल हावाले आकाशमा उडायो । सोहिबेला एउटा काग उडेर आई त्यही परालको आगोमा परि पोलिएर ती भिक्षुहरु भएकै ठाँउमा आई प्याट्ट खस्यो । त्यही त्यस कागको मृत्यु भयो ।
त्यस्तै एक अर्को जमात भिक्षुहरु एकदिन समुन्द्री बाटो भएर पानी जहाजमा यात्रा गरिरहेका थिए । उक्त पानी जहाज अगाडी बढदै जादा जाँदै अकस्मात एक ठाँउमा पुगि रोकियो । जहाजका नाईकेले अनेक प्रयत्न गरे, अगाडी बढाउनको लागि तर पनि डेग नै चलेन । यसरी चल्दा चल्दैको पानी जहाज अनेक प्रयत्न गर्दापनी नचलेको कारण यात्रु र नाईके बिच कुराकानी चल्न थाल्यो कि यश जहाजमा कुनै एकजना यात्रु पक्कै पनि अलिक्षणको हुनुपर्छ । सो अलिक्षीण यात्रु पत्ता लगाउने योजना बनाए । योजना अनुसार सबैलाई गोलाप्रथाद्वारा छनौट गर्ने ब्याबस्था गरे । गोला लिदाखेरी सुरुमै उक्त जाहाजकै नाईकेकि श्रीमतीलाई गोला पर्यो । नाईके अचम्मित हुँदै पुनः अर्को दुईपटक सम्म गोला गरे । अझपनी तिनकै श्रीमतीलाई गोला पर्यो । यसरी दुई-दुई चोटिसम्म गोला गर्दापनी उनकै श्रीमतीलाई गोला परेपछि नाईकेले बडो धैर्यताको साथ सोचेकी आफ्नो श्रीमतीको कारण सम्पुर्ण यात्रुहरुलाई नै दु:खमा पार्नु हुँदैन भन्ने ठानी आफ्नै श्रीमती भएपनी तिनलाई जहाँजबाट हटाउने कुरा सोछे । आफ्नी श्रीमती नै अलिक्षिणको भएपछि तिनलाई त्याही पानीमा डुबाउने निधो गरे । पानीमा डुबाउदा आफ्नी श्रीमती रोई कराई गर्लिन उक्त चीत्कार आफुले सुन्न नसक्ने हुने भएकोले निजसंगै एकबोरा बालुवा पनि शरीरमा बाधेर पानीमा फाली आउनको लागि आफ्ना जहाजका कामदारहरुलाई अह्राए । कामदारहरुले पनि आफ्नो नाईकेको वचन सिरोपर गरि भने बमोजिम नै शरीरमा बलुवाको बोरा बाधेर नाईकेकी श्रीमतीलाई समुन्द्रमा फालिदिए । तिनको त्याही पानीमा डुबेर मृत्यु भयो । त्यसपछि पानी जहाज पनि बिस्तारै अघि बढयो ।
यस्तै तीन समूह भिक्षुहरु मध्ये अर्को एउटा जमातका सातजना भिक्षुहरु गाउँमा वर्षाबाँस पछी बाटोमा हिडिरहेका थिए । बाटोमा जादा जाँदै वर्षाको कारण एउटा गुफाभित्र बस्न पुगे । त्यही बेला माथिबाट एउटा ढुंगा आई उक्त गुफाको प्रवेस द्वारानिरै अडियो । ती सातैजना भिक्षुहरुले ढुंगा पन्छाई बाहिर आउनको लागि अनेक प्रयत्न गरे । तर उनिहरु सातदिनसम्म खानपिन नगरी पानीसम्म पनि पिउन नपाई भोकै त्यस गुफाभित्र बसि दिनरात बिताउनु पर्यो । सात दिनपछि पानीको बेगले उक्त ढुंगालाई बगाई लग्यो । तत्पश्चात भिक्षुहरु गुफाबाट बाहिर आउन सफल भए । तिनिहरु पुनः त्यहाँबाट आफ्नो गन्तव्य तर्फ प्रस्थान गरे ।
यसरी यी तिनै समुहका भिक्षुहरु आ-आफ्नो क्षेत्रबाट यात्रा गरि रहदा एक स्थानमा मिलन भयो । त्यस ठाँउमा बसि आ-आफुले यात्राका क्रममा प्राप्त गरेको आ-आफ्ना अनुभवहरु एक आपसको बिचमा आदानप्रदान गरे । तर ती तिनै समूहको भिक्षुहरुले उक्त आफुले भोगेको घटनाहरुको अर्थ सबै यथार्थ पत्ता लगाउन सकेन । तसर्थ ती सबै भिक्षुहरुले तथागत भगवान बुद्धकहा गई सो घटनाको बारेमा थाहा पाउने सल्लाह गरि तथागत बस्नु भएको बिहारमा गए । सबैले आ-आफ्नो स्थानबाट वहाँ तथागतलाई बन्दना गरि पालैपालो उक्त घटनाहरुको सबिस्तार बर्णन गरे । भगवान बुद्धले उनिहरुबाट सबैकुरा सुनिसके पछी ती तिनै घटनाहरुको बारेमा भिक्षुहरुलाई यसरी प्रष्ट पारिदिनु भयो ।
पहिलो घटना अनुसार काग मर्नुको कारण पुर्ब जन्ममा उक्त काग एक किसानको रूपमा जन्मिएको थियो । एकदिन किसानले आफ्नो खेत जोति रहेको अबस्थामा गोरु बिरामी भई राम्ररी हलो तन्न सकेन । १/२ पाईला सारे जस्तो गर्ने फेरि टक्क अडिने गर्थ्यो । यस्तो अवस्था देखेर किसानलाई ज्यादै रिस उठयो । किसानले गोरुको बिरामी अवस्था ख्याल नगरी गोरुलाई बेस्सरी चुटी शरीरमा परालले ढाकी आगो लगाई दिएको थियो । यसैको फलस्वरूप अहिले उक्त किसान कागको रूपमा जन्म लिएर आगोको लप्कामा परि मृत्यु हुनु परेको हो ।
त्यस्तै दोस्रो घटना अनुसार जहाज नाईकेको श्रीमतीले गहुँग्रो बालुवाको बोरा सहित पानीमा फालिई डुबेर मर्नु पर्नाको कारण तिनको पुर्ब जन्मको सस्कारले गर्दा हो । पुर्ब जन्ममा तिनी एक गरिब किसानकि श्रीमती थिईन । तिनले आफ्नो घरायसी कामगर्दा एउटा कुकुरले सधै सगं संगै बसेर हेरि रहेको हुन्थ्यो । त्यो कुकुर आईमाई जहाँ गएपनीसगं सगै पछयाएर जान्थ्यो । यसरी कुकुरले पछयाएको देखेर युबाहरुले त्यस आईमाईलाई जिस्क्याउने गर्दथ्यो । यसरी जिस्क्याएकोले गर्दा आईमाईले पनि कुकुरलाई धपाउनको लागि काठले हिर्काएर पठाउथी । यसरी हिर्काउदा कुकुर १/२ पाईला टाढा भाग्थ्यो । तर फेरि उनी भएकै ठाँउमा संगै आएर बस्थ्यो । यसरि बाराम्बार कुकुरले पछयाई रहेको र उता गाउँले युबाहरुले जिस्काएको कारण लाजले भुतुक्क भई र त्यसलाई आफुबाट टाढा राख्ने उपाय सोच्न थालिन । उनले अब कुकुरदेखि टाढा बस्नको लागि एउटा डोरिको टुप्पोले कुकुरलाई बाधेर अर्को टुप्पाले एक डालोमा बालुवा भरी राखेर सो डालोलाई बाधी नजिकैको पोखरीमा खसाली दिईन । उक्त भारी बालुवाको कारण कुकुर पानीमा पौडिन नसकी त्याही डुबेर मृत्यु भयो । बास्तबमा कुकुर त्यसरी आईमाई प्रती आसक्त हुनुको कारण पुर्ब जन्ममा त्यो कुकुर पनि तिनै आईमाईको श्रीमान् थियो । अहिले आएर यश जन्ममा ती आईमाई पनि बालुवाको बोरा संगै पानीमा फालिई मर्नुपर्नाको कारण तिनले पुर्ब जन्ममा गरेको यश अकुसल कर्मको परिणाम नै हो ।
त्यस्तै तेस्रो घटना अनुसार पुर्ब जन्ममा ती सातजना भिक्षुहरु गोथालाका छोराहरु थिए । तिनिहरु आफ्नो बाल्यकालमा गाउँमा प्रत्येक दिन आलो पालो गरि जङ्गलमा गाईबस्तु चराउन लान्थ्यो । एकदिन गाई चराएर फर्कदा बाटोमा एउटा ठूलो “गोध” नामक माउसुली जस्तो प्राणि आएको देखेर उक्त प्राणिलाई लखेटन थाल्यो । यसरी लखेटदै जादा सो प्राणि एउटा धमिराको गोलभित्र छिर्न पुग्यो । यसरी गोलभित्र छिरिसकेपछी पनि ती गोठाला केटाहरुले तिनलाई गोलाबाट बाहिर निकाल्न खुब प्रयत्न गरे । तर सकेनन्, गोल वरिपरि चारैतिरबाट सातवटा प्वाल थियो । यसरी अनेक प्रयास गर्दापनी उक्त प्राणिलाई बाहिर निकाल्न नसकेपछि तिनिहरुले गोलाको वरिपरिका ती सातवटा प्वालमा काठको टुक्रा ठोकेर प्वाल बन्द गरिदिए । तिनिहरु त्यहाँबाट पुनः अर्को जङ्गलमा बस्तु चराउदै दिन ब्यतित गर्न थाले । उनिहरुके त्यस प्राणिको बारेमा झन्डै बिर्सी पनि सकेको थिए । तर एकदिन, उक्त घटना भएको सातौ दिनपछि जङ्गलबाट आफ्ना गाईबस्तु चराउदै त्यही बाटो भई फर्किरहेका थिए । त्यत्ती नै बेला उनिहरुले धमिराको गोला देखेर उनिहरुलाई पहिला आफुले थुनेर गएको “गोध” नामक प्राणिको सम्झना भयो । त्यो प्राणिलाई के भयो, कसो भयो होला भन्ने मनमा खुल्दुली लागेर उक्त प्वाल खोलेर हेर्ने इच्छा जाग्यो । तिनीहरुले पहिला काठको टुक्रा ठोकेर टालेको प्वालहरु सबै खोलिदिए । त्यही बेला एउटा प्वालबाट सातदिन सम्म केही खान नपाई दुब्लो पातलो शरीर भएको उक्त “गोध” प्राणि बाहिर आयो । यसरी अत्यन्तै जिर्ण भएर बाहिर आएको प्राणिलाई तिनीहरुले हत्या नगरी करुणा पुर्बक हेरिमात्र रहे । यसरी करुणा राखी हत्या नगरी सो प्राणिलाई छोडेर पठाएको कारण ती सातजना भिक्षुहरुले पनि यश जन्ममा सातदिन सम्म एउटै गुफामा बिना अन्नपानि प्रकृति कै कारण थुनिएर बस्नु परेको तथ्यलाई भगवान बुद्धले ती सम्पुर्ण भिक्षुहरुलाई प्रष्ट पारिदिनु भयो ।
यसै सन्दर्भमा तथागतले यो गाथा प्रकाशमा ल्याउनु भयो :-
“न अन्तलिक्खे न समुद्दमज्झे, न पब्बतानं विविरं पविस्स ।
न विज्जती सो जगतिप्पदेसो, यत्थद्दितो मुचेय्य पापकम्मा ।”
भावर्थ:-
आकाश, समुन्द्र र पर्बतको कुनै गुफामा लुकेर बसेतापनी अकुसल कर्मको फलबाट जोगिन सकिन्न । ब्याक्तिले आफ्नो जिबनमा जे जस्तो कर्म गर्दछ, सोही अनुसारको कर्मको फल भोग्नु पर्दछ । कुसल कर्मगर्दा आफुमा प्रसन्न चित्त उत्पन्न् भैइ सुखानुभव भई रहन्छ भने अकुसल कर्म गरे बापत मनमा खिन्नता बोध भै पस्चताप हुनुको साथै दु:खानुभव भई रहन्छ ।
यसै सन्दर्भमा तथागत भगवान बुद्धले भन्नुभएको छ :-
जसरी बयल गाडामा बयलको पछी पछी गाडाको पाङ्ग्रा आईरहन्छ, त्यसरी नै कर्मको फल अनुसार कुसल कर्म गरे सुख र अकुसल कर्म गरे दु:ख हाम्रो छाँया जस्तै पछी पछी आईरहन्छ ।
अन्तमा ती सबै भिक्षुहरु पनि यश तथ्यबाट बोध भई श्रोतापत्ती मार्गफल प्राप्त गर्न सफल भए । अरु धेरैले पनि स्रोत्तापत्ती आदि मार्ग-फल प्राप्त गर्नमा सफल भए । यश धर्म देशना अरु धेरै मानिसहरूलाई सार्थक सिद्धभयो ।
यसर्थ मानिसले आफ्नो जिबनमा जुन किसिमको कर्म गर्दछ, सोही अनुसार नै कर्मफल पनि भोग गर्नुपर्दछ भनी भगवान बुद्धले ती आफ्ना सिस्य भिक्षुहरुलाई प्रष्ट पार्नुभएको कुरा स्वयं तथागत बुद्धद्वारा उपदेसित धम्मपद अट्ठ कथामा उल्लेखित यी कथाहरु द्वारा प्रष्ट हुन्छ ।
तसर्थ हामिहरुले आफ्नो यश अमुल्य जिबनलाई सार्थक बनाउन अकुसल कर्म छाडि कुसल कर्म गर्नु नै श्रेयस्कर हुन्छ । कुसल कर्म गर्नाले हामी जहाँ जुनसुकै ठाँउमा बसेता पनि त्यसको अनिसंसले सुख पछी पछी आउँछ भने अकुसल कर्म गर्नाले जसरी बयल गाडा गोरुको पछी पाङ्ग्रा आउछ त्यसरी नै हामी मनुष्यको पछी पछी छाँया आए जस्तै दुस्खपछी लागेर आउछ । त्यसैले हामीले पनि आजबाटै यहि शिक्षा लिउ कि “सके कुसल कर्म गरौ नसके अकुसल कर्म गर्नबाट सधै टाढा बसौ ।”-बुद्धिजम इन नेपाल
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...