बुद्ध र दलित बालिका

एकपटक भगवान् बुद्ध भारतबाट नेपालतर्फको यात्रामा थिए । उनी भारतीय सीमाबाट हाल नेपालको सिमानामा पर्ने भूभागतर्फको यात्रामा थिए । संयोगले त्यतिखेर उनी एक्लै थिए । तराईको चर्को गर्मीले उनलाई सास फेर्न पनि कठिन हुँदै गएको थियो । उनको साथमा पानी थिएन । पानीको खोजीमा यताउता भौँतारिँदाभौतारिँदै उनले एक सात–आठ वर्षकी बालिकाले इनारबाट पानी निकालिरहेको देखे ।
बुद्ध हतारिँदै त्यहीँ पुगे । उनले बालिकालाई सम्बोधन गर्दै भने,-‘नानु, मलाई अलिकति पानी देऊ न । पानी पिउन नपाएर म त मर्नै लागिसकेँ ।] बालिकाले बुद्धलाई हेरिन् । बुद्धको गेरु वस्त्र र मुखमण्डलमा एक अलग्गै आभा उनले प्रस्टै महसुस गरिन् । तिर्खाएका बुद्ध दुवै हात जोडेर अँजुली बनाएर पानी थापिरहेका थिए । उनको अँजुलीमा पानी खन्याइदिनै लाग्दा ती बालिका एकाएक रोकिइन् । उनले मनमनै सोचिन् – यिनी त हाम्रो गाउँका पण्डितजी जस्तै देखिन्छन् । पण्डितजीले त हामीले छोएको पानी पिउँदैनन् । मेरो जात थाहा पाए भने पक्कै यिनले पनि पानी पिउनेछैनन् । पानी पिइसकेपछि मेरो जात थाहा पाएर यिनलाई दुःखी हुन दिनुभन्दा त पहिल्यै यस’दयगत बताइदिनु ठीक हुन्छ । बालिकाले पानी दिन आनाकानी गरेकाले बुद्धले पुनः याचना गरे- नानु, मलाई पानी दिन्नौ ? म त तिर्खाले मर्नै लागिसकेँ । बालिकाले बुद्धतिर पुलुक्क हेर्दै भनिन्— म पानी त दिन्छु, तर हजुरलाई पछि मेरो जात थाहा पाएर पछुतो नहोस् भनेर मात्र म रोकिएकी हुँ । म एक दलित परिवारकी बालिका हुँ । तपाईं कसरी मेरो हातबाट पानी पिउन सक्नुहुन्छ ?
बालिकाको निर्दोष भनाइ सुनेर बुद्ध गम्भीर भए । उनले मुसुक्क मुस्कुराउँदै भने- ‘नानु, मैले त तिमीसित पानी मागेको हुँ, जात सोधेको होइन । त्यसैले, मलाई पानी देऊ, तिमीलाई धर्म हुनेछ ।’ बालिकाले बुद्धलाई पानी दिइन् । बुद्धले धीत मरुन्जेल पानी पिए र बालिकालाई धन्यवाद दिएर अघि बढे ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...