लागुऔषध चरेश सहित ३ भारतीय समातिए – Janata Live
  • Monday, March 20, 2023

लागुऔषध चरेश सहित ३ भारतीय समातिए

  • जनता लाइभ
  • भदौ २९, २०७६

लागुऔषध चरेश सहित ३ भारतीय समातिए

हेटौंडा । लागुऔषध चरेश लिएर विरजञ्जबाट हेटौंडा आउँदै गरेको गाडीबाट प्रहरीले ३ भारतीयलाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसोको समयमा भारत कै नम्बर प्लेट भएको भएको कारबाट चरेश ल्याउदै गरेको अवस्थामा उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेमा बिहारका २७ वर्षीया शिवराज सिंह, २४ वर्षीय ज्ञानी कुमार पासवान र २४ वषीका राजु महतो रहेका छन् । उनीहरुले बि. आर. ०१ पी एफ ७९९८ नम्बरमा कारको अगाडी एसी रहेको ठाउँमा एउटा बक्स बनाएर लुकाइ छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको ।

पक्राउ परेका उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ । सो ऐनमा १ वर्ष देखि ३ वर्ष सम्म कैद र ५ देखि २५ हजार सम्म जरिवाना हुन सक्ने व्यवस्था उल्लेख गरिएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।