गाडी होइन घोडा चढ्छन् गाउँपालिका अध्यक्ष – Janata Live
  • Saturday, April 1, 2023

गाडी होइन घोडा चढ्छन् गाउँपालिका अध्यक्ष

  • जनता लाइभ
  • भदौ २९, २०७६

गाडी होइन घोडा चढ्छन् गाउँपालिका अध्यक्ष

काठमाडौं । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष ओमप्रकाश घर्तीको सवारीसाधनका लागि घोडा किनेका छन् । अध्यक्ष घर्ती प्रायःसबै कार्यक्रममा घोडा नै चढेर जान्छन् ।

१४ वडामा रहेको गाउँपालिका नौवटा वडा सडक सञ्जालमा जोडिएका छैनन् । बाँकी पाँचवटा वडालाई कच्ची सडकले छोएको मात्रै छ । त्यसैले घोडा नै सवारीसाधनका रूपमा प्रयोग गर्नुपरेको अध्यक्ष घर्तीले बताए ।

गाउँपालिकाले २०७४/०७५ मा डेढ लाखमा घोडा किनेको हो । घोडाका लागि आवश्यक खान्की र स्याहार अध्यक्षले नै ब्यहोर्दै आएका छन् ।

३६ लाखमा किनेको स्कार्पियो प्रयोगविहीन बनेको छ । सबै वडामा सडकको अवस्था नाजुक भएका कारण घोडाको प्रयोग गाउँपालिका अध्यक्षले गर्दै आएका छन् । समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...