गोली लागेका गुरुङ समीरमान समूहका – Janata Live
  • Monday, March 20, 2023

गोली लागेका गुरुङ समीरमान समूहका

  • जनता लाइभ
  • भदौ २८, २०७६

गोली लागेका गुरुङ समीरमान समूहका

काठमाडौं । गोलढुंगामा प्रहरीले गोली हानेर पक्राउ गरेको साजन गुरुङ गुण्डा नाइके समीरमान बस्नेत समूहका रहेको खुलेको छ । प्रहरीका अनुसार गुरुङ गुण्डा नाइके समीरमान बस्नेत समूहमा रहेर अपराधिक गतिविधि गर्दै आएका थिए ।

गुडागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका गुरुङलाई प्रहरीले शुक्रबार साँझ गोली हानेर पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि गोलढुंगा सैनिक चेकपोस्टनजिकै गोली चलाएर गुरुङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए । नागरिक दैनिकले खबर छापेको छ ।

Loading...
Loading...
Loading...