देशभित्रै पर्याप्त काठ भएपनि विदेशकै भरपर्नु पर्ने वाध्यता – Janata Live
  • Wednesday, March 22, 2023

देशभित्रै पर्याप्त काठ भएपनि विदेशकै भरपर्नु पर्ने वाध्यता

  • जनता लाइभ
  • भदौ २८, २०७६

देशभित्रै पर्याप्त काठ भएपनि विदेशकै भरपर्नु पर्ने वाध्यता

काठमाडौं । आन्तरिक माग धान्ने काठ मुलुकभित्रै भएपनि व्यवस्थापनको अभावका कारण बर्षेनी आयात गर्नुपरेको छ । ‘हरियो वन नेपालको धन’ लोकोक्ती भएपनि बर्षेनी नेपालले विदेशबाट २० अर्बको काठ र काठका तयारी सामान आयात गर्दै आएको छ । विद्यमान व्यापार घाटा कम गर्न सरकार नेपाली उत्पादनमैत्री हुन आवश्यक छ ।

नेपालमा कुल मागको ६० प्रतिशत काठ विदेशबाट आयात हुँदै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०७५/७६ मा २० अर्बको काठ र फर्निचरका तयारी सामान आयात भएको छ । नेपालमा बिशेषगरी भारत, चीन, भुटान, मलेसिया, थाइल्याण्ड लगायतका मुलुकबाट काठ आयात भएको तथ्यांक भन्सार विभागसँग छ । व्यवसायी पनि विदेशबाट काठको आयात गर्नुपरेकोमा गुनासो गर्दछन् ।त्यसो त नेपालमा सामुदायिक वनको संख्या २२ हजार २ सय ६६ छ । अर्थात २२ लाख ३७ हजार ६ सय ७० हेक्टर जमिन सामुदायिक बनले ओगटेको छ । मुलुकभित्रैको काठले माग धान्ने भएपनि सरकारी झन्झटका कारण बर्षेनी काठ आयातमा ठूलो रकम विदेश पठाउनुपरेको छ ।

विगत १० बर्षयता नेपालमा फर्निचरका सामान उपभोगमा १५ प्रतिशतले बृद्धि भएको छ । उपभोक्ताको रोजाईमा पनि स्वदेशीभन्दा विदेशी सामान परेकोले चूनौती थपिएको स्वदेशी उद्योगीको गुनासो छ । उनीहरु स्वदेशीको तुलनामा विदेशी सामान कच्चा हुने भन्दै ठाडै प्रतिकार गर्छन् । उपभोक्ता पनि नेपाली उत्पादनलाई जोड दिनुपर्ने बताउँछन् । बाँस र काठलाई नयाँ डिजाइनका साथ बजारमा ल्याउन व्यवसायीलाई सुझाव दिन्छन् ।

भृकुटीमण्डमा जारी सातौं फर्निचर तथा फर्निसिङ प्रदर्शनीमा उपभोक्ताहरुको रोजाईमा पनि स्वदेशी काठ र तिनबाट बनेका सामाग्री परेको छ । सरकारले उद्योग स्थापना र नेपाली काठ खरिदमा सहज वातावरण बनाए विदेशीने रकम रोकिने जानकारहरु सुझाव दिन्छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।