सफ्टवेयर नबन्दा सयौँ विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाएनन् – Janata Live
  • Saturday, April 1, 2023

सफ्टवेयर नबन्दा सयौँ विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाएनन्

  • जनता लाइभ
  • भदौ २७, २०७६

सफ्टवेयर नबन्दा सयौँ विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाएनन्

भक्तपुर । सफ्टवेयर बनाएर ग्रेडमा समावेश नगर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरा गरेका सयौँ विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाएका छैनन् । एसईईको वार्षिक ग्रेड वृद्धि परीक्षामा सम्मिलित भएकाहरूको ग्रेडसिटमा परीक्षार्थीको वृद्धि भएको ग्रेड उल्लेख गरिदिने भए पनि समग्र स्तरीकृत अङ्क (जीपीए) उल्लेख गरिदिने व्यवस्था छैन ।

एसईई पूरा गरेकाहरूले न्यूनतम जीपीए १।६ ल्याएपछि कक्षा ११ मा भर्ना हुन पाउने व्यवस्था छ । तर वार्षिक ग्रेड वृद्धि गरेकाहरूको ग्रेडसिटमा विषयगत ग्रेड सी वा सोभन्दा माथि भए पनि जीपीए पुरानै रहने हुँदा उनीहरू कक्षा ११ मा भर्ना हुनबाट वञ्चित हुँदै आएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले भन्नुभयो, “ग्रेड वृद्धिसँगै परिवर्तन भएको जीपीए पनि ग्रेडसिटमा उल्लेख गरिदिनुपर्दछ भनेर बोर्डलाई आग्रह गरिसकेका छौँ । कुनै निर्णय भएको छैन ।” उहाँले ग्रेड वृद्धि परीक्षापछि जीपीए परिवर्तन नभएर पीडित भएका हजारौँ परीक्षार्थी रहेको र उनीहरू दैनिक जसो गुनासो गर्न आइरहेको जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...