चोरले गहना लुटेर महिलाको आँखा फुटाएर हत्या गरे – Janata Live
  • Wednesday, March 22, 2023

चोरले गहना लुटेर महिलाको आँखा फुटाएर हत्या गरे

  • जनता लाइभ
  • भदौ २६, २०७६

चोरले गहना लुटेर महिलाको आँखा फुटाएर हत्या गरे

नवलपरासी । नवलपरासीको गैडाकोटमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी महिलाको गरगहना लुटिएर हत्या भएको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी गैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन ।

उनको मंगलबार राति मृत्यु भएको भएपनि प्रहरीले बुधबार विहान मात्र मुचुल्का उठाएको थियो ।

उनको शव भान्छा कोठाको भाडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको कान, टाउको र अनुहारमा चोट लागेको साथै आँखा फुटेको अवस्थामा रहेको समाचार राजधानी दैनिकमा छ ।

Loading...
Loading...
Loading...