घुस खान बिचौलियाको प्रयोग, कति पाउँछन् कमिसन – Janata Live
  • Saturday, April 1, 2023

घुस खान बिचौलियाको प्रयोग, कति पाउँछन् कमिसन

  • जनता लाइभ
  • भदौ २५, २०७६

घुस खान बिचौलियाको प्रयोग, कति पाउँछन् कमिसन

काठमाडौं । लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बीपी नगर डोटीका वन अधिकृत सुरेशचन्द्र डिसीसहित दुईजना विरुद्ध मुद्दा दायर भएको छ ।

काठको छुटपुर्जीको सिफारिसलगायतका कागजी प्रक्रियामा सहज वातावरण मिलाई दिएवापत घुस लिइरहेको अवस्था पक्राउ परेका सहायक वन अधिकृत डीसी र घुस दिने विचौलिया सुसन जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

वन अधिकृत डिसीलाई ३ लाख २६ हजार घुसलिएर धनगढी गइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो । उनले ५ लाख ६० हजार घुस माग गरेको अनुसन्धानमा देखिएको अख्तियारको दाबी छ । सहायक वन अधिकृत डिसीविरुद्ध ३ लाख २६ हजार विगो कायम गरिएको छ ।

घुस रकम उपलब्ध गराउने जोशीलाई अख्तियारले प्रतिवादी बनाएको छ । उनले सेवाग्राहीसँग ५ लाख ४५ हजार लिएर वन अधिकृत डिसीलाई ३ लाख २६ हजार मात्रै दिइएको पुष्टि भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जोशीलाई ५ लाख ४५ नै विगो कायम गरिएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...