अब चेक नकाटी रकम भुक्तानी

काठमाडौं । अब चेक नकाटी पैसा भुक्तानी गर्न मिल्ने भएको छ । आउँदो बिहीबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा आउने भएपछि चेक काट्नु नपर्ने भएको हो ।
यसका लागि पहिलो चरणमा २८ वटै वाणिज्य बैंक र राष्ट्र बैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ । राष्ट्र बैंकले आइतबार २७ र सोमबार एउटा गरी २८ वटै विकास बैंकसँग सम्झौता गरेको बताएको छ ।
यो व्यवस्था लागू भएपछि ग्राहकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् । हाल चेकमार्फत् रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ ।
आरटीजीएस कार्यान्वयनमा आएपछि चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...