बढ्यो सुनको मूल्य, हेर्नुहोस्, कारोबार कतिमा हुँदैछ ? – Janata Live
  • Monday, March 20, 2023

बढ्यो सुनको मूल्य, हेर्नुहोस्, कारोबार कतिमा हुँदैछ ?

  • जनता लाइभ
  • भदौ २३, २०७६

बढ्यो सुनको मूल्य, हेर्नुहोस्, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं । केही दिनदेखि निरन्तर ओरालो लागेको सुन आज सोमबार भने बढेको छ । आइतबार प्रति तोला ७१ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा २ सयले बढेर प्रति तोला ७१ हजार ७ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला ७१ हजार ४ सयमा कारोबार भइरहेको छ ।
चाँदी भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४ सय ७० र प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार २ सय १५ रुपैयाँ तोकेको छ । त्यस्तै महासंघले प्रति १० ग्राम चाँदी ७५४ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको जनाएको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...