एकै वर्षमा २६ प्रतिशतले बढ्यो जीवन बीमा गर्नेको संख्या

काठमाडौं । आर्थिक वर्ष (आव) २०७५/७६ मा १२ लाख १ हजार ४६३ व्यक्तिले जीवन बीमा गरेका छन् । यो अघिल्लो आव २०७४/७५ को तुलनामा झन्डै साढे २ लाख (२५ दशमलव ९७ प्रतिशत) बढी हो । अघिल्लो आवमा ९ लाख ५३ हजार ७४९ ले जीवन बीमा गरेका थिए ।
बीमा समितिका अनुसार हालसम्म ५५ लाख ४४ हजार ९९८ अर्थात् १९ प्रतिशत नेपालीले जीवन बीमा गरेका छन् । यद्यपि, समितिले गत आवमा बीमाको पहुँच २० प्रतिशत नेपालीमा पुग्ने अपेक्षा लिएको थियो ।
समितिका एक उच्च अधिकारीले भने, ‘असारसम्म २० प्रतिशत पुग्ने अपेक्षा थियो । तर, त्यसको नजीक मात्र पुग्न सफल भयौं ।’ अघिल्लो आवसम्म बीमाको पहुँच १४ प्रतिशत नेपालीमा पुगेको थियो ।
एउटै व्यक्तिले दुईभन्दा बढी बीमालेख लिने हुँदा दोहोरिने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले कम्पनीहरूले जारी गरेको कुल बीमालेख संख्यामा ५ प्रतिशत घटाएर बीमाको पहुँच गणना गर्ने अन्तरराष्ट्रिय प्रावधान छ । समितिले पनि सोही प्रावधानअनुसार बीमाको पहुँच गणना गरेको हो ।
साथै, चालू आवमा बीमाको पहुँच २५ प्रतिशत नेपालीमा पुर्याउने लक्ष्य लिइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...