वाङ यीको ‘विशेष निर्णय’ को पखाईमा सम्पूर्ण प्रक्रिया रोकिएको केरुङ–काठमाडौं रेल्वे

काठमाडौं । नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ ।
यसको पूर्व सम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पछिल्लो समय रेल्वे परियोजनामा खासै चासो देखिएको छैन । ‘रेल्वे लिंकसम्बन्धी पूर्व सम्भाव्यता अध्ययनपछि सबै प्रक्रिया रोकिएको स्थिति हो’, उनले भने ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँग सोमबार काठमाडौँमा शुरु हुने मन्त्रीस्तरीय संयन्त्र बैठकले रेल्वे लिंकबारे विशेष निर्णय लिएमा मात्र यो पक्रिया अघि बढ्न सक्ने अवस्था छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...