पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आग्रह गरेको छ । महासङ्घले आज न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृहको नाम सार्वजनिक गरी एक हप्ताभित्रै न्यूनतम पारश्रिमिक दिने बाध्यकारी व्यवस्था लागू गर्न सूचना तथा प्रसारण विभागलाई आग्रह गरेको हो ।
महासङ्घ आजै सोमबारभित्र दिपायल प्रसारण केन्द्रबाट हटाइएका तीन श्रमजीवी पत्रकारका सेवा निरन्तरता, न्यूनतम कार्यान्वयन तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न रेडियो नेपाल व्यवस्थापनलाई समयसीमा दिएको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापामगरसहितको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै आव २०७६/७७ को दरबन्दी र श्रमजीवी विवरण नबुझाउने सञ्चारगृहको नाम सार्वजनिक गर्न आग्रह गरेको छ ।
उहाँले सञ्चारगृहलाई कानूनीरुपमा विवरण बुझाउन बाध्य पार्न विभागले सक्रियता नदेखाए वा एक साताभित्र महासङ्घका माग पूरा नगरे विभागविरुद्ध सशक्त आन्दोलन शुरु गर्ने चेतावनी दिनुभयो ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।