तिहारपछि औषधि बोकेका ड्रोन गाउँ–गाउँमा पुग्छन् : महावीर पुन – Janata Live
  • Friday, May 14, 2021

तिहारपछि औषधि बोकेका ड्रोन गाउँ–गाउँमा पुग्छन् : महावीर पुन

  • जनता लाइभ
  • भदौ २२, २०७६

तिहारपछि औषधि बोकेका ड्रोन गाउँ–गाउँमा पुग्छन् : महावीर पुन

पहाडि क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न विभिन्न कठिनाइ व्यहोर्नुपर्छ । त्यसैले भौगोलिक रुपमा विकट रहेका त्यस्ता स्थानहरुमा औषधि पु-याउन हामीले ड्रोनको परिकल्पना गरेका हौँ ।

एसियाको नोबेल पुरस्कारको रुपमा हेरिने म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पु-याएका छन् । उनीसँग मिलेर सयौँ इन्जिनियर नेपाली परिवेश सुहाउँदो आविष्कारमा केन्द्रित छन् ।

काठमाडौं, चितवन, धरान, जनकपुर र पोखरामा अनुसन्धानको काम भइरहेका छन् । आविष्कार केन्द्रले अहिले कृषि, इन्जिनियरिङ, शिक्षा, बायोमेडिकल, पर्यटनलगायतका १६ क्षेत्रमा अनुसन्धान तथा परीक्षण गरिरहेको छ । यसमध्ये सबैभन्दा महत्वपूर्ण काम मेडिकल ड्रोनको आविष्कार अन्तिम चरणमा पुगेको छ ।

मेडिकल ड्रोनले नेपालका भौगोलिक हिसाबले विकट स्थानमा रहेका हेल्प पोस्टहरुमा स्वचालित मानवरहित प्रविधिको माध्यमबाट औषधि पु-याउने काम गर्नेछ । नेपालमा मेडिकल ड्रोनको आविष्कारले अन्तर्राष्ट्रियस्तरको ध्यानसमेत खिच्ने देखिन्छ । यसै सन्दर्भमा केन्द्रित रहेर इन्जिनियर्स नेपालले आविष्कार केन्द्रमा अध्यक्ष पुनसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरु यतिबेला ‘मेडिकल ड्रोन’को आविष्कारमा लाग्नुभएको छ । काम कहाँसम्म पु-याउनुभयो ?
हामीले यसमा काम गरेको दुई वर्षजति भयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे भन्ने ठाउँमा २०७४ सालमा एक किलो औषधि बोकाएर ड्रोन पठाएका थियौँ । त्यो हाम्रो परीक्षण थियो । त्यसपछि पनि विभिन्न ठाउँमा उडान ग-यौँ । त्यस क्रममा देखिएका कमी–कमजोरीलाई सच्याउने काम भइरहेको छ । यो प्राविधिक रुपमा निकै जटिल काम हो । अहिले हाम्रा इन्जिनियर भाइबहिनीहरुले ८० प्रतिशत जति काम गरिसक्नुभएको छ । यस हिसाबले काम निकै अघि बढिसकेको छ । हामी सफल भइसकेका छौँ ।

अहिले के–कस्ता पक्षमा काम भइरहेको छ ?
आविष्कार केन्द्रले ड्रोन बनाउन शून्यबाटै काम सुरु गरेको हो । ल्याबमा लामो समयको मेकानिकल, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स कामपछि बल्ल ड्रोन बनेको हो । त्यसपछि परीक्षण ग-यौँ । परीक्षण गरेपछि देखिएका समस्या समाधानको काम यतिबेला भइरहेको छ । कीर्तिपुरमा पटक–पटक परीक्षण उडान भइरहेका छन् । त्यसपछि देखिने समस्याको प्राविधिक रुपमा हल गरिरहेका छौँ । समग्रमा भन्नुपर्दा आठवटा पंखा र दुईवटा पखेटा भएको जहाजजस्तै उड्ने मेडिकल ड्रोन आविष्कार केन्द्रको रिसर्च ल्याबमा उड्नका लागि केही समयमै तयार हुनेछ ।

संख्यात्मक रुपमा ड्रोन कति हुनेछन् र यसका विशेषताहरु के–के छन् ?
अहिले करिब १६ वटा ड्रोन बनाउनका लागि सामानहरु जोडिँदै छ । त्यसका किसिमहरु पनि फरक–फरक छन् । एक किसिमका तीन अथवा चार वटा ड्रोन बनाउने गरी काम भइरहेको छ । म्याग्दीमा उडेको ड्रोन पहिलो भर्सनको थियो । अहिले ड्रोनको तेस्रो भर्सनमा काम भइरहेको छ ।

चार–पाँच किलोमिटरसम्म यात्रा गर्न सक्ने ड्रोनलाई ‘मल्टि रोटर’ भनिन्छ । अर्को भनेको ‘फिक्स विन्ज ड्रोन’ हो । जसले २० देखि २५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । त्यस्तै, ‘हाइब्रिड ड्रोन’ आवश्यक परेको खण्डमा कुनै ठाउँमा बस्न र कुनै सामान ल्याउन सक्ने क्षमता राख्छ । यसको दूरी ठ्याक्कै यति भन्ने हुँदैन । यो ड्रोनले उचाइअनुसार यात्रा गर्छ । हामीले यी सबै ड्रोनमा काम गरिरहेका छौँ ।

सबै पार्टपुर्जा विदेशबाट ल्याएर तिमीहरुले के आविष्कार ग-यौ भन्ने प्रश्न पनि उठाउँछन् कोही–कोही । आविष्कार भनेको कुनै पनि चीजलाई आफ्नो वा बजारको आवश्यकताअनुसार ढाल्नु हो । सबैभन्दा ठूलो कुरा त स्वदेशकै युवापिँढी ड्रोन बनाउन लागिपरेको छ ।

यो ड्रोनले औषधिमात्र बोक्छ कि अन्य काम पनि गर्छ ?
मेडिकल ड्रोनले औषधिमात्र नभएर दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणसहित मेडिकल सामग्री पु¥याउने कामसमेत गर्छ । आवश्यक परे बिरामीको दिसा, पिसाब, रगतजस्ता नमूनाहरु संकलन गर्ने काम पनि गर्नेछ ।

अब नेपाली आकाशमा नियमित रुपमा ‘मेडिकल ड्रोन’ उडेको हामीले कहिले देख्न पाउँछौँ ?
सायद तिहारपछि म्याग्दीमा हामीले पहिलो ड्रोन उडाउनेछौँ । त्यसपछि नियमितरुपमा जनताको मागअनुसार अन्य ठाउँमा पनि उडान सुरु हुनेछ । अबको दुई महिनामा शतप्रतिशत काम सकेर ड्रोनको ‘फाइनल भर्सन’ लन्च हुनेछ ।

ड्रोनले कुन–कुन ठाउँमा औषधि पु-याउँछ ? तपाईंहरुको लक्ष्य के हो ?
पहाडि क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न विभिन्न कठिनाइ व्यहोर्नुपर्छ । त्यसैले भौगोलिक रुपमा विकट रहेका त्यस्ता स्थानहरुमा औषधि पु-याउन हामीले ड्रोनको परिकल्पना गरेका हौँ । पहाडी भेगमा उडान भर्न सक्ने गरी ड्रोनको तीन हजार मिटर उचाइसम्मका बस्तीमा सफल परीक्षण भइसकेको छ ।

ड्रोन कुन–कुन ठाउँमा उडाउने भन्ने लक्ष्य भने अहिल्यै आविष्कार केन्द्रसँग छैन । ड्रोन बनाइसकेपछि जो सेवा चाहियो भनेर आउँछन्, उनीहरुलाई सेवा उपलब्ध गराइनेछ । तर, म्याग्दीमा यसको परीक्षण गरेकाले त्यहीँबाट ड्रोनको उद्घाटन गर्ने हाम्रो योजना हो ।

ड्रोनको गुणस्तरीयतालाई लिएर पनि प्रश्न उठ्ने गरेको छ नि ?
सबै पार्टपुर्जा विदेशबाट ल्याएर तिमीहरुले के आविष्कार ग-यौ भन्ने प्रश्न पनि उठाउँछन् कोही–कोही । आविष्कार भनेको कुनै पनि चीजलाई आफ्नो वा बजारको आवश्यकताअनुसार ढाल्नु हो । सबैभन्दा ठूलो कुरा त स्वदेशकै युवापिँढी ड्रोन बनाउन लागिपरेको छ । यो उनीहरुका लागि सिप सिक्ने र क्षमता अभिवृद्धि गर्ने ठूलो अवसर हो । अरु कुरा विस्तारै सिक्दै लागू गर्दै लैजाने हो । एकैपटक सबै खोजेर हुँदैन । समय लाग्छ ।

अहिले आविष्कार केन्द्रले राम्रो प्रतिभा भएका व्यक्तिलाई पनि मौका दिएर नेपालमा पनि केही चीज बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्न खोजेको हो । अनुसन्धानका सबै काम सफल हुँदैनन् । सफल भएका कामलाई परीक्षण गर्दै आगामी दिनमा कसरी गुणस्तर बनाउँदै लैजाने भन्ने पक्षमा आविष्कार केन्द्रले ध्यान दिनेछ ।

यस विषयमा सरकारको चासो वा सहयोग के–कस्तो छ ?
सरकारबाट ड्रोन उडाउनका लागि स्वीकृति दिनेबाहेक अरु काम गर्न सकेको छैन । हाम्रो काममा उसलाई कुनै चासो छैन । हामीले सरकारको लागि नभएर जनताका लागि काम गर्ने भएकाले सरकारले चासो दियो या दिएन, सहयोग ग¥यो या गरेन भन्ने कुराले कुनै प्रभाव पार्दैन ।

मेडिकल ड्रोनबाहेक तपाईंहरु अन्य आविष्कारका कुन–कुन काम गरिरहनुभएको छ ?
हामीले १६ वटा काम गरिरहेका छौँ । ड्रोनपछि पुरानो गाडीलाई ब्याट्रीबाट चल्ने बनाउने काम प्राथमिकतामा छ । यो सफल भएपछि अर्को भर्सनका रुपमा नेपाली परिवेश सुहाउँदो कच्ची सडकमा चल्ने कार पनि बनाउनेछौँ । यसबाहेक किसानका लागि उत्पादित तरकारी लामो समयसम्म नबिग्रियोस् भनेर त्यस्तो सिस्टमको प्रविधि आविष्कार गर्दै छौँ । कपडा काट्ने, कम तापमानबाट बिजुली निकाल्ने, बाँदर लखेट्ने, सेल रोटी पकाउने प्राविधिक औजारको विकासमा काम भइरहेको छ ।

कुखुराको दानाको विकास गर्ने, सिन्के धूप बनाउने प्रविधि तथा स्वास्थ्य र पर्यटनका लागि आवश्यक एप्लिकेसनहरु बनाउनेजस्ता काम भइरहेका छन् । नेपाली समाज र परिवेशमा यी सबै सुहाउँदा र आवश्यक कामहरु हुन् ।

आइडिया भएका युवाहरुका लागि आविष्कार केन्द्र कस्तो प्लेटफर्म हो ?
युवाहरुले हामीसँग यस्तो आइडिया छ र हामी त्यसमा काम गर्न चाहन्छौँ भन्ने प्रस्ताव केन्द्रसमक्ष प्रस्तुत गरेपछि केन्द्रले पूर्ण सहयोग उपलब्ध गराउँछ । सो क्रममा आइडिया सफल भएको खण्डमा त्यसले देशमा रोजगारी सिर्जना गर्न, आर्थिक अवस्था उकास्न सक्छ या सक्दैन, व्यक्तिहरु उद्यमी बन्न सक्छन् या सक्दैनन् भन्ने विषयमा पनि अध्ययन हुन्छ ।

सबै पक्ष सकारात्मक छन् भने युवाहरु आफ्नो आइडियाका साथ आविष्कार केन्द्रसँग जोडिन सक्छन् । तर, सुरुमा जोसका साथ आउने अनि पछि काम गर्न नसक्नेहरु पनि धेरै देखिएका छन् । आफ्नो आइडिया सफल बनाउन चाहने जो कोही आविष्कार केन्द्रमा उचित प्रपोजल लिएर आउँछ भने हामी उसलाई स्वागत गर्न सधैं तयार छौँ । -इन्जिनियर्स नेपालबाट

Loading...
Loading...
Loading...

६,१३५ संक्रमित निको, ८,५२० नयाँ थपिए, २०३ जनाको मृत्यु

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा ८,५२० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६,१३५ जना संक्रमणमुक्त भएका छन् ।...

गण्डकीमा एकै दिन २३ संक्रमितको मृत्यु, ६८० नयाँ संक्रमित थपिए

पोखरा– कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एकै दिन थप २३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी कास्कीका...

केपी ओली र माधव नेपाल बिच यस्तो भयो सहमति

नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओली र...

पाँच हजार ५५ कोरोना संक्रमित निको, ८,९६० संक्रमित थपिए, २१४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या...

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं –काठमाडौं उपत्यकामा आज (बिहीबार) बाट थप दुई सात निषेधाज्ञा लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र...

विश्वभर नै नयाँ–नयाँ भेरियन्टको प्रभाव देखिएको छ,यो चिन्ताजनक स्थिति हो : विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख (अन्तरवार्ता)

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको...

उपत्यकाको निषेधाज्ञामा थप कडाई गरिने

काठमाडौं – बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा आदेशमा उल्लंघनका घटना बढेपछि अधिकारीहरुले कडाई गरिने बताएका छन्। निषेधाज्ञाको...

२४ घण्टामा थप ५,७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...