‘चेलीबेटी बेचबिखन रोक्ने मेरो अन्तिम सपना’ : प्रमुख अनुराधा कोइराला – Janata Live
  • Tuesday, March 28, 2023

‘चेलीबेटी बेचबिखन रोक्ने मेरो अन्तिम सपना’ : प्रमुख अनुराधा कोइराला

  • जनता लाइभ
  • भदौ २२, २०७६

‘चेलीबेटी बेचबिखन रोक्ने मेरो अन्तिम सपना’ : प्रमुख अनुराधा कोइराला

प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले चेलिबेटी बेचविखन गर्ने कार्य पूर्णरुपमा रोक्ने आफ्नो सपना रहेको बताउनुभएको छ ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘सरकारको प्रतिवद्धता, मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा हाम्रो ऐक्यवद्धता’ नाराका साथ मानव बेचबिखन तथा ओसार पसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा उहाँले चेलीबेटी बेचबिखन रोक्नु जरुरी रहेको बताउनुभयो ।’

नेपाल र भारतबीच खुला सीमाको दुरुपयोग गर्दै चेलीबेटी बेचबिखन हुने गरेकाले यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रतिवद्धता मात्र होइन काम गरेर देखाउन सबैलाई आग्रह गर्नुभयो । “बेचविखन रोक्न चुनौती छन् तर काम गरेर देखाउनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मानब बेचविखन रोक्नका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । मानव बेचबिखनका धेरै रुप भएकाले यसलाई रोक्न सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मानब बेचबिखनविरुद्धको अभियानमा सरकारलाई सघाउँदै आएको बताउनुभयोे । कार्यक्रममा प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी र ओम घलान, जिल्ला समन्वय समितिका रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतको सहभागिता थियो । रासस

Loading...
Loading...
Loading...