उडिरहेको हेलिकोप्टरबाट सामान खसेपछि…

सोलुखुम्बु । सोलुखुम्बुको फेरा भन्ने स्थानमा उडिरहेको हेलिकोप्टरबाट सामान खसेको छ।
गतबिहीबार फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकोप्टरबाट सामाग्री खसेको हो। केही समयदेखि फालु विमान स्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतको सामाग्री झरेको स्थानीयले बनाएका छन्।
हेलिकोप्टरबाट सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन्। उडिरहेको हेलिकोप्टरबाट सामाग्री खसेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयको पनि ध्यानाकर्षण गराएका छन्। लापर्वाहीका कारण उडिरहेको हेलिकोप्टरबार सामाग्री खसेको उनीहरुको आरोप छ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...