के हो डेंगु ? डेंगुका लक्षण र बच्ने उपाय – Janata Live
  • Monday, March 20, 2023

के हो डेंगु ? डेंगुका लक्षण र बच्ने उपाय

  • जनता लाइभ
  • भदौ २१, २०७६

के हो डेंगु ? डेंगुका लक्षण र बच्ने उपाय

डेंगु एक प्रकारको भाइरल ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले कोटेपछि यो रोग सर्ने गर्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी सक्रिय हुन्छ।

यसले स–साना सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ ।

अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेको तथ्यांक आइरहेको छ।

यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ। वर्षात्को समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ।

डेंगु ज्वरोका लक्षण

– ज्वरो आउने

– बेस्सरी टाउको दुख्ने

– आँखाको गेडी दुख्ने

– शरीरमा डाबरहरु आउने

– अरुचि हुने

– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने

– पेट तथा आन्द्रामा गडबडी हुने

केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ।

बच्ने उपाय

-यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो।

– पुरा शरीर ढाकिने गरी कपडा लगाउने

– लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने

– राती र दिउँसो पनि झुलभित्र सुत्ने

– घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउने

– झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने

लामखुट्टेले फुल पार्ने ठाँउमा फुल पार्न नदिन गर्नुपर्ने उपाय

– पानी राख्ने भाँडाहरु जस्तै पानी ट्याङ्की, ग्रागी, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने

– लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने

– घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा गर्ने

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...