काबुलका नेपाली भन्छन्- ‘सरकार, हामीलाई बचाऊ’ – Janata Live
  • Wednesday, March 22, 2023

काबुलका नेपाली भन्छन्- ‘सरकार, हामीलाई बचाऊ’

  • जनता लाइभ
  • भदौ २०, २०७६

काबुलका नेपाली भन्छन्- ‘सरकार, हामीलाई बचाऊ’

काठमाडौं । दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरका छन् ।

सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जनलाइदिएका हुन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली थप चिन्तित छन् ।

सरकारलाई उनीहरुले जसरी भएपनि फिर्ता गर्न अनुरोध गरेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...