एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?

काठमाडौं । नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ ।
नेपाली एटिमबाट चोरी भएको करिब एक कारोड ८९ लाखमध्ये अधिकांश फेला पारिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सबै सरोकारबाला मौन छन् ।
घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ ।
ह्याकरले भारतबाट चोरी गरेको रकम असुलीबारे केही प्रक्रिया अगाडि नबढेको राष्ट्र बैंकले जनाएको छ । प्रहरीले पनि यसबारे सोधखोज गरेको छैन । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...