टोयटा दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु,२ गम्भीर

अमेरिका । अमेरिकाको मिसौरी राज्यमा नेपाली चढेको टोयटा दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाइते भएका छन्।
उक्त दुर्घटना सेप्टेम्बर ३ तारिखका दिन मिसौरी राज्यको २४९ इस्ट हाईवेमा भएको हो। दुर्घटनामा केही समयदेखि अमेरिकामा बस्दै आएकी श्रदा ओझा खनाल, शान्ता खनाल, गोविन्द खनालको मृत्यु भएको छ। प्रभास ओझा र ४ वर्षीय बालक गम्भीर घाईते भएका छन्। घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
गोविन्द खनालको घटनास्थलमै ज्यान गएको हो भने शान्ता र श्रद्धाको उपचारका क्रममा अस्पतालमा निधन भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
Loading...
Loading...
Loading...