कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो सजिलो तरिका…पूरा पढ्नुहोस् ।। – Janata Live
  • Wednesday, March 22, 2023

कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो सजिलो तरिका…पूरा पढ्नुहोस् ।।

  • जनता लाइभ
  • भदौ १८, २०७६

कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस् यो सजिलो तरिका…पूरा पढ्नुहोस् ।।

यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ । आउनुहोस् यो तरिका थाहा पाइ राखौँ

१. यो उपाए कुनै पनि मंगलबार, शनिबार या औंसीको दिनमा गर्न सकिन्छ ।

२. यो उपाय अपनाउनको लागि तपाईलाई एक बिना पानीको नरिवल लिनुपर्ने छ ।

३. सिन्दुरको मसि बनाएर वा सिन्दुरलाई तेलमा घोलेर एक डन्डीको माध्यमले कुनै कुनामा शत्रुको नाम लेख्नुहोस् ।

४. यो नरिवललाई सात पटक आफ्नो सिर माथिबाट घडिको उल्टो दिशामा घुमाउनुहोस् ।

५. यसपछि नरिवललाई कुनै पुरानो भैरव वा काली मन्दिरमा राख्नुहोस र उनीसँग यस दुःखलाई हटाउन प्रार्थना गर्नुहोस् ।

६. सात पटक नियमले यो उपाय गर्नुभएमा उसले तपाईको पैसा फिर्ता दिन्छ या तपाईलाई दुःख दिइरहेको छ भने दुःख दिन बन्द गर्छ ।

भिख माग्नेलाई एक हजार जरिवाना, एक महिना जेल

२८ साउन, काठमाडौं । राजधानीका मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु माग्न बसेको दृश्य सामान्य बनिसकेको छ शहरमा । त्यसैगरी ढोका ढोकामा कराउँदै माग्न आउनेहरु पनि प्रशस्तै छन् ।

कसैले गीत गाउने, बाजा बजाउने गरेर मागिरहेका हुन्छन् भने कसैले अस्पताल वा स्थानीय तहले दिएका सिफारिस देखाएर पनि माग्ने गरेका छन् । कतिपय अवस्थामा बालबालिकालाई थाल वा कचौरा लिएर सडकमा माग्न लगाउने गरेको पनि भेटिन्छ । त्यतिमात्र होइन, लामो रुटको सार्वजनिक बसमा चढ्नुभयो भने सारंगी रेटेर एक दुई टुक्का गीत गाएर माग्नेहरु पनि भेटिन्छन् ।

राजधानी शहरमा जथाभावी माग्न बस्नु शोभनीय नभएकाले हटाउनुपर्ने आवाज पनि बेलाबेलामा उठ्ने गरेकै छ । माग्न बस्नेहरुले आफूहरु जीविकोपार्जनकै समस्या भएकाले माग्न बसेको बताउने गरेका छन् ।

तर, आउँदो भदौ १ गतेदेखि भने सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाउने भएका छन् । कसैले मागेमा उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नुपर्नेछ । मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ ।

ऐनको दफा १२६ मा भनिएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन ।’

सार्वजनिक स्थल भनेर सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन किटान गरिएको छ । यी स्थानहरुमा भिक्षा मागेमा पटकपिच्छे थप सजाय र मागेको रकम पनि जफत गर्ने कानुनमा व्यवस्था छ ।

एक महिना जेल, एक हजार जरिवाना

पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ ।

भिक्षा माग्नेलाई भन्दा माग्न लगाउनेलाई बढी सजायको व्यवस्था गरिएको छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ ।

तर, साधु सन्तलाई भने भिक्षा माग्न छुट दिइएको छ । ऐनको दफा १२६ को स्पष्टीकरणमा लेखिएको छ ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पर अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यसदफा अन्तर्गतको कसुर मानिने छैन ।’

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...