भाइटीका लगाउनेले नै माग्यो २० लाख फिरौती – Janata Live
  • Tuesday, March 28, 2023

भाइटीका लगाउनेले नै माग्यो २० लाख फिरौती

  • जनता लाइभ
  • भदौ १८, २०७६

भाइटीका लगाउनेले नै माग्यो २० लाख फिरौती

काठमाडौं । काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

२० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो ।

रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए । मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काई दिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए । नागरिक दैनिकमा समाचार छापिएको छ ।

Loading...
Loading...
Loading...