रसुवा टिमुरेमा प्रहरीद्वारा चालकमाथि कुटपिट – Janata Live
  • Sunday, April 2, 2023

रसुवा टिमुरेमा प्रहरीद्वारा चालकमाथि कुटपिट

  • जनता लाइभ
  • भदौ १७, २०७६

रसुवा टिमुरेमा प्रहरीद्वारा चालकमाथि कुटपिट

रसुवा: रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ।

चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि आग्रह गर्दा चालकले असईमाथि हात हालेपछि नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ साढे ५ बजेको समयमा उक्त घटना भएको हो।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको छ। प्रहरीले ना ६ ख ४९२५ नम्बरको चालक श्रीमान तामाङलाई छानबिनको लागि नियन्त्रणमा लिएको छ।

‘सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियो प्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, घटनाबारे छानबिन गरि दोसी उपर कार्बाही गरिने छ।’

कुटपिट गर्ने प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताएका छन्। सवारी चालकमाथि कुटपिट गरेको भन्दै बुधबार रसुवा बन्दको आह्वान गरेका छन्। (नागरिकन्यूज)

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...