मृगौला पीडित लाक्पा शेर्पाको उपचारमा समस्या, सहयोग गरिदिन अपिल

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं.-१० टाप्टिङ बस्ने फुरी शेर्पाको श्रीमती वर्ष ४० को लाक्पा शेर्पाको मृगौला उपचारमा समस्या आएको छ ।
निजलाई अहिले काठमाडौं नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराई रहेको हुँदा परिवारको आर्थिक अवस्था कम्जोर भएकोले उपचारमा कठिनाइ भएको परिवारले बताएका छन् ।
आफुले दु:ख गरेर कमायको सबै पैसा सकिएपछि झनै बिरामीलाई उपचार गराउन अत्यन्तै गाह्रो भएको छ। उपचारको लागी विभिन्न संघ संस्था र विभिन्न समुह र ब्याक्तीहरु मार्फत सहयोग रकम संकल गरेर उपचारमा केहि थप सहयोग मिलेको छ ।
तर, पनि निजको मृगौला प्रत्यारोपण गर्न लाखौं रकम आवश्यक रहेकोले तपाई पनि देश बिदेशमा जहाँ भय पनि सहयोग गर्न चाहनु हुन्छ भने लाक्पा शेर्पाको खाता नम्बर 02415292480 सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ।
तपाईको सानो सहयोगले नै कसैको जीवनमा नयाँ जीवन जिउने आधार मिल्ने छ।