वीरगञ्ज–पथलैया खण्डमा एउटै रूखले गर्‍यो सडक निर्माणमा अवरोध – Janata Live
  • Tuesday, March 28, 2023

वीरगञ्ज–पथलैया खण्डमा एउटै रूखले गर्‍यो सडक निर्माणमा अवरोध

  • जनता लाइभ
  • भदौ १७, २०७६

वीरगञ्ज–पथलैया खण्डमा एउटै रूखले गर्‍यो सडक निर्माणमा अवरोध

बारा । वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ ।

एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध भएको हो । त्यसमाथि कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको सो व्यापारिक मार्गमा परेको एउटा रूखको कटान हुन नसक्दा गत फागुनबाट सो व्यापारिक मार्गको निर्माण कार्य अवरुद्ध भएको हो ।

उक्त मार्गमा परेका रूखको कटानका लागि टाँचा (छपान) लगाउने बेलामा सो रूख छुट्न गएको हुनाले अहिलेसम्म कटान हुन नसकेको हो । सो रूख पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिवनारायण साहले भने, “वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा परेका रूखको कटानका लागि टाँचा लगाउने बेलामा सो रूख छुट्न गएको हो, टाँचा नलगाएको रूख काट्न नमिल्ने भएकाले उक्त रूख अहिलेसम्म काट्न नसकिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...