संसदको गाडी खरिदमा अनियमितता प्रकरणः संसदीय समितिले निकाल्यो यस्तो निष्कर्ष

काठमाडौँ । खरिद प्रक्रिया मिलेको तर उपलब्ध गराइएका गाडीका केही पार्टस्मा त्रुटि रहेको निष्कर्षसहित गाडी खरिदका विषयमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार पारेको छ ।
समितिले मङ्गलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले धेरै विषय कार्यान्वयनको स्वविवेकीय अधिकार सभामुखलाई नै दिनेगरी प्रतिवेदन तयार पारेको छ ।
समितिले सार्वजनिक खरिदको प्रक्रिया तथा प्राविधिक विषयमा अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको हो । ‘‘हामीले प्रतिवेदन तयार पारेका छौँ । खरिद प्रक्रियाका सबै कागजात मिलेकै छन् । केही गाडीका पार्टस् एसेम्बल गर्दा त्रुटि भएको छ । गाडी उत्पादनपछिको परीक्षण प्रमाणपत्र भने सन् २०१७ को मात्र पेस भएको छ । यो विषय निकै प्राविधिक पनि छ,” छानबिन समितिका एक सदस्यले भने ।
समितिले बिक्रेताबाट उक्त प्रमाणपत्रलाई ताकेता गरे पनि दुई वर्षअघिकै प्रमाणपत्र आधिकारिक भएको जवाफ दिएको छ । त्रुटि भएका पार्टस् परिवर्तन हुनुपर्ने सुझाव पनि समितिले दिएको छ । कुनै पनि ठोस निष्कर्ष समितिले निकाल्न सकेन ।
सङ्घीय संसदका सभापतिहरूका लागि खरिद गरिएका गाडीमा समस्या आएको गुनासो सभापतिबाटै भएपछि सभामुख कृष्णबहादुर महराले पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । गोरखापत्रले खबर छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।