मिटर ब्याजका नाइके समातिए

काठमाडौं । कपाली तमसुक गरेर मिटर ब्याजमा ऋण प्रवाह गर्दै आएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई मलंगवा–१० स्थित उनको घर छेवैबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपाल भट्टराईले प्रदेशी पक्राउ परेको बताए। एकजना पीडितले दिएको ठगीको उजुरी पछि उनी पक्राउ परेका हुन् । उनले प्रदेशीमाथी विस्तृत अनुसन्धान अगाडी बढाईने र प्रमाणहरुको निम्ती उनको घरमा खानतलासी लिईने बताएका छन् ।
साहले सर्लाही, रौतहट र महोत्तरीका तीनसयभन्दा धेरैलाई मिटर ब्याजमा ऋण दिएको भनि तमसुम बनाएका थिए । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।
Loading...
Loading...
Loading...